May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

गण्डकी प्रदेशसभाको अविधेशन अन्त्य

काठमाडौं, गण्डकी प्रदेशसभाको चालु अविधेशन हिजो रातीबाट अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले बैशाख १ गते राती १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको थियो ।

चैत २५ गतेदेखि सुरु भएको अधिवेशन बैशाख ६ गतेसम्मका लागि स्थगित भएको थियो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजिनामा दिएर नयाँ सरकार गठनको तयारीमा जुटेका थिए ।

यस्तै मुख्यमन्त्री गुरुङलाई राष्ट्रिय जनमोर्चाका तीन सांसदको समर्थन रहेकोमा बुधबारमात्र जनमोर्चाले समर्थन फिर्ता गर्ने निर्णय गरेसँगै नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको