मुख्यमन्त्री गुरुङद्वारा कुश्मा बन्जीको अवलोकन, बन्जी सुरु हुनु प्रदेशकै गर्वको कुरा

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कालीगण्डकीस्थित पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरि बन्जीका लागि बनाइएको पुलको अवलोकन गरेका छन् ।

बिश्वकै अग्लो स्विङ र बिश्वकै दोश्रो अग्लो बन्जीको अवलोकन गर्दै यो बन्जी सुरु हुनु प्रदेशकै गर्वको कुरा रहेको मुख्यमन्त्री गुरुङले बताएका हुन् । 

द क्लिफ प्रालिले सुरु गरेको एड्भेन्चर गतिविधिले कुस्मारबाग्लुङको मात्र नभै गण्डकी प्रदेशकै पर्यटकीय माहोल बडाएको गुरुङले बताए ।

नेपाली लगानीकर्ता र नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय स्तरको एड्भेन्चर सन्चालन भएको सुन्दा निकै खुसी लाग्योु पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका गुरुङले द क्लिफ रिसोर्टमा पर्यटन ब्यवसयी संग बोल्दै उनले भने, प्रदेश सरकार पनि पर्यटन प्रवर्द्धनमा लागी परेको छ ।