October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा तिहारको शुभकामना

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंँग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको