काेराेना संक्रमित बढेपछि मादी गाँउपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

कास्की – कोभिड १९ संक्रमण बढेको भन्दै कास्कीको मादी गाउँपालिकाले कात्तिक २६ गतेदेखी मंसिर २ गते सम्म गाउँपालिका मातहतका सबै कार्यलयमा अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ ।
कात्तिक २५ बसेको स्थानिय विपत् व्यबस्थापन समितिको वैठकले अत्यावश्यक बाहेका सबै यातायात सेवा समेत रोक लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार वैठकले संक्रमण दर उच्च रहेको क्षेत्रमा एक घर एक पिसिआर गर्ने निर्णय समेत गरेको छ ।

गाउँपालिकाको वडा नं ९ नयाँबजार , वडा नं १० थुम्किोट , वडा नं ११ भगवती बजार र वडा नं १२ घुम्लेबजार र भगवतीटार सिल गर्ने निर्णय गरेका छौं , अध्यक्ष गुरुङले भने । गाउँपालिकाको वडा नं ३ र १० मा एक एक जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस्