March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

मन्त्री बस्नेतको पहलमा खाग्दालदेखि क्षमादेवीसम्म सडक कालोपत्रे हुने

बाह्रबिसे नगरपालिका ३ खाग्दाल दोभानदेखि क्षमादेवी मन्दिरसम्म्को सडकको लागि बहुबर्षिय ठेक्का स्वीकृत भएको छ । ३३ करोड ४० लाख ६० हजार बजेट सहित बहुबर्षिय ठेक्का स्वीकृत भएको बाह्रबिसे नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष जिवन कुमार भण्डारीले जानकारी दिए ।

स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बस्नेतको पहलमा बजेट स्वीकृत भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । ठेक्का स्वीकृत भएसंगै सडक कालोपत्रे हुने भएपछी स्थानीय हषिर्त भएका छन् ।सडकको डीपीआर गर्दा करीब ७२ करोड अनुमानित लागत आएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको