December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

सुकुटेमा श्वेता रक्तदान अभियानबाट रगत संकलन

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना समेत गरेर ४ हजार भन्दा बढि प्याकेट रगत संकलन गर्न सफल भएकाे छ ।

गत शनिबार कार्तिक १८ गते नेपाल रेडक्रश सोसाइटी भक्तपुरले प्राविधिक सहयोगमा, स्थानिय युवा अनिल लामाको सहजिकरण, रिभर बे बीच रिसोर्ट – सुकुटेका सञ्चालक महेन्द्र श्रेष्ठ,सिन्धु पर्यटन व्यवसायी संघ का अध्यक्ष नारायण श्रेष्ठ , श्री नवप्रतिभायुवा क्लब बलेफीका अध्यक्ष राजु श्रेष्ठतथा रक्तदाता अभियान्ताहरूको विशेष सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

करिब तीन बर्षदेखि स्वास्थ्य क्षेत्रमा विशेष सेवा पुर्याउने उद्वेश्यले रक्तदान अभियान गर्दै आइरहेको श्वेता रक्तदान अभियानका अभियान्ता श्वेता श्रेष्ठका अनुसार अहिलेसम्म विभिन्न क्षेत्रमा गरी ३ सय ५० भन्दा बढि रक्तदान कार्यक्रम आयोजना गरी सकेकाे जनाउँदै रगतको अभावको कमीलाई ध्यानमा राखेर अझै धेरै कार्यक्रमहरु गर्ने योजना रहेको जनाए ।सो रक्तदान कार्यक्रमा युवाहरुको उत्साह पुर्वक सहभागिता रहेकोमा २० जना मध्ये एक जना महिलाले पनि रक्तदान गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको