जिल्लाकै कान्छो वडा अध्यक्ष इश्वर तिमल्सिना,विकासका लागि उनले के के गरे ?
सिन्धुपाल्चोक,सुनकोशि गाउपालिकाको ओझेलमा परेको लामोसाघु लाई रास्ट्रीय स्तरमा चिनाउन वडाबाट अध्यक्ष –इश्वर तिमल्सिनाको नेतृत्वमा बिभिन्न अस्पताल निर्माण , ब्यबस्थित बिध्यालयहरु तथा क्याम्पस निमार्ण गर्दै नदि किनारमा बस्ने बासिन्दाहरूले हरेक बर्ष वर्षा लाग्ने बितिकै घर छाड्न पर्ने अबस्थाको अन्त्य गर्न नदि नियन्त्रणको लागी बाँध बाँध्ने काम सम्पन्न भएको छ ।

उक्त बाँध लामोसाघु झोलुङे पुल देखि बसन्तेश्वर मन्दिरसम्म ,अर्को बस्ति माझिगाँउ र,कोठेमा समेत सम्पन्न भइसकेको छ ।स्थानियको समस्यालाइ मध्ये नजर गर्दै किसानहरुको लागि तौथलिखोला –पाङ्रेटार लिफ्ट सिन्चाइको समेत ब्यबस्था भएकाले स्थानियवासिहरु खुसि भएको अध्यक्ष तिमल्सिनाको दावि छ ।
त्यस्तै सगरमाथा चड्न प्रयोग गरेको बाटो –तेन्जिङ हिलारी पदमार्ग निर्माण भइरहेको पनि देख्न सकिन्छ ।अन्तरास्ट्रिय खेल सन्चालन हुन सक्ने खेल–मैदान, पौडी पोखरी ,पार्क,मन्दिर अनि विभिन्न टोल बस्तिमा समेत पदमार्ग निर्माण भएको छ भने, गाँउ नगर जोड्ने सडकहरु स्तर उन्नति हुँदैछ ।

वडा अध्यक्षले आफुले पाउने सेवा–सुबिधा समेत सामाजिक कार्यमा खर्च गर्दै – बिध्यालय, मन्दिर, खेलकुद क्लब र, अति बिपन्न लाई उपचारमा सहयोग गर्दै विभिन्न सामाजिक निर्माणको कार्यमा समेत सहयोग गदै आएका छन् ।
प्रतिकृया दिनुहोस्