
काठमाडौं, वाग्मती प्रदेश सरकारले स्थानीय तहबाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने भएको छ ।
प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालका अनुसार बुधबार साँझ बसेको मन्त्री परिषद्को बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको हो ।
यसैगरी उक्त बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरेर कार्यविधिसमेत बनाएको जनाएको छ ।







