April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कांग्रेसमा ३२ वर्ष लामाे यात्रापछि पार्टीबाट बाहिरिए बाह्रबिसे २ का अध्यक्ष तामाङ

फागुन १९ गते, सिन्धुपाल्चोक । नेपाली कांग्रेसबाट बाह्रबिसे नगरपालिका वडा २ काे अध्यक्ष जीतेका बम बहादुर तामाङले पार्टी परित्याग गरेका छन् ।

बाह्रबिसे नगरपालिका वडा नं २ मा निर्वाचित वडा अध्यक्ष तामाङले बिहीबार एक विज्ञप्ति मार्फत आफुले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन्। उक्त विज्ञप्तिका अनुसार वडा अध्यक्ष तामाङले नेपाली कांग्रेसमा करिब ३२ वर्ष लामाे याेगदान दिएका थिए । 
तर पछिल्लो समय पार्टीले आफुहरुकाे कुरा खासै नसुनेकाे, राष्ट्रहित विपरीत एमसीसी पास गरिएको र पार्टीबाट समेत अपमानित महसुस भएकोले पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।अध्यक्ष तामाङलाई द्वन्द्वकालमा माओवादीले गाेलि हानेको थियोे । आगामी दिनमा पनि राजनीति क्षेत्रमै रहने अध्यक्ष तामाङकाे भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको