
मंसिर ४ गते सिन्धुपाल्चोक बाह्रबिसे । बाह्रबिसे २ कर्थलीमा अबस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाको साधारणसभा यहि मंसिर १६ गते हुने भएको छ ।
संस्थाले साधारणसभामा उपस्थित हुनका लागि श्री कर्थली जनज्योति सामुदायिक सहकारी संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई गत कात्तिक २५ गतेनै पत्र पठाई सकेको छ ।

उक्त साधारणसभामा विगतमा भएको कार्यहरु, आर्थिक हिसाब किताब गर्नुका साथै सहकारीले बाेनस वितरण गर्ने सम्बन्धमा छलफल हुने र अबका दिनमा संस्थालाई कसरी लाने भन्ने विषयमा पनि सुझाव लिने सहकारीका व्यवस्थापक भुमिराज नेपालले जानकारी दिएका छन् ।







