
काठमाडौं, अनिश्चित कालका लागि स्थगित गरिएको वाग्मती प्रदेशसभाको बैठक शनिबार पुन: बस्दैछ ।प्रदेशसभा सचिवालयका अनुसार दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।
आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट पास गराउनका लागि बैठक बस्न लागेको हो । सो विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद हुँदा प्रदेशसभाको बैठकमा प्रतिपक्षबाट अवरोध सिर्जना भइरहेको छ ।
लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेसँगै प्रदेशसभाको बैठक बस्न सकेको छैन ।







