October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

बागमती प्रदेश सरकारले छ अस्पताललाई २ करोड ५५ लाख उपलब्ध गराउने

हेटौंडा, कोरोना सङ्क्रमण रोकथाम र उपचारका लागि बागमती प्रदेश सरकारले छ अस्पताललाई दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णय अनुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई सो रकम उपलब्ध गराउने भएको हो ।

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई ३५ लाख, काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई एक करोड उपलब्ध गराइने छ ।

उक्त बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ ।

यसैगरी मनसुनको प्रारम्भमै अविरल वर्षाबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको