
हेटौंडा, बागमती प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २ हजार २ सय ८७ पुगेको छ । हाल बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५४ हजार २ सय ९३ जना रहेको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् भने संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयका अनुसार, संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार १ सय ३४ जना, ललितपुरका २ सय ४४ जना, भक्तपुरका १ सय १४ जना, रसुवाका २१ जना, नुवाकोटका २२ जना, धादिङका १ सय १९ जना, चितवनका ९९ जना, सिन्धुलीमा १ सय २९ जना, मकवानपुरका १ सय १ जना, रामेछापका २७ जना, दोलखाका ६९ जना, सिन्धुपाल्चोकका ३ सय ४२ जना र काभ्रेका १ सय ५८ जना रहेका छन् ।
योसँगै बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार १ सय २९ जना पुगेको छ भने २ लाख २३ हजार ५ सय ४९ जना संक्रमणबाट मुक्त भएका छन् ।







