April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नेकपा जिल्ला समिति रसुवाद्वारा कालिकास्थानमा गरिएको बिजय जुलुस समापन

  • 238
    Shares

रसुवा – फाल्गुन १२ गते । नेकपा जिल्ला समिति रसुवाको आयाेजनामा कालिकास्थानमा गरिएको बिजय जुलुस समापन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको उपलक्ष्यमा नेकपा प्रचण्ड–माधवपक्षले मुलुकका विभिन्न स्थानबाट विजय जुलुश निकालेको छ ।

सोही क्रममा बुधबार दिउँसो रसुवा जिल्लाकाे कालिकास्थानमा पनि बिसाल विजय जुलुश निकालेर खुसियाली मनाएका छन् । नेकपा जिल्ला समिति रसुवाको आयोजनामा निकालिएको जुलुसमा सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसलालाई सम्मान गरौ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई रक्षा र सुदृढ गरौं जस्ता नारा लगाइ सहिद गेटबाट सुरुवात भइ घुम्ती बजारमा समापन गरिएको हाे।

साथै अनेरास्ववियू रसुवा जिल्ला कमिटी द्वारा दिप प्रज्जोलन पनि गरिएको गरिएको हाे । नेकपा रसुवा जिल्ला पार्टी अध्यक्ष इन्द्र गौतमले आमरसुवा वासी जनतालाई बधाई दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको