
वाग्मती, मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यलयका अनुसार अहिले कोरोना खोप लिनेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ । हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको सो कार्यालयले जनाएको छ ।







