January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

वाग्मती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाउन सिफारिस

  • 6
    Shares

काठमाडौं, वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको