March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

एक मुखे रुद्राक्ष देखाई ठगि गर्न खोज्ने ३ जना पक्राउ

सिन्धुपाल्चाेक – इलाका प्रहरी कार्यलय सिन्धुपाल्चाेक बाह्रबिसे न.पा. वडा नं. ४ बोक्सिडाँडा भनिने स्थानमा इ प्र का बाह्रबिसेबाट प्र.नि. देबेन्द्र बहादुर शाहको कमाण्डमा खटि गएको प्रहरीकाे टोलिले नक्कलि एक मुखे रुद्राक्ष देखाई ठगि गर्न खोज्ने ३ जनालाई मंसिर ६ गते शनिबार बेलुका नियन्त्रणमा लिई हाल आबस्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चाेकका इन्चार्ज जिल्ला प्रहरी नायव उपरिनिक्षप प्रकाश सापकाेटा ज्यू ले जानकारी दिए ।

उनकाे अनुसार प्रहरीलाइ पहिल्यै पाएकाे सुचना अनुरूप तैनाथ दलले शनिबार दिउसाे पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा बर्ष ३६ का सिन्धुपाल्चाेक जिल्ला बाह्रिबसे न पा वडा नं ३ घर भएका जनक बहादुर तामाङ साेहि वडाकाे बर्ष ४२ का बिम्बा तामाङ र , वडा नं ६ का बिरजित तामाङ लाइ प्रकाउ गरिएकाे हाे । ५ देखि १० लाख सम्ममा स्थानिय ब्यापारी र शिक्षकहरूलाइ साे रूद्राक्ष बेच्ने प्रयासकाे क्रममा निजलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी नायव उपरिनिक्षप ज्यू ले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको