
बाँके, बाँकेका आज ५० जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । २३ महिला र २७ पुरुष गरि ५० जना विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म बाँकेमा १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ११ जना कोरोनामुक्त भैसकेका छन् ।
३ सय ५१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण बाँकेमा हालसम्म १२ जनाको मृत्यु भएको छ ।






