
बारा – परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन बहुअरीमा रहेको श्री रामजानकी मन्दिरको प्राड़गणमा आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना भाइरस (कोभिड – १९) को संक्रमण अधिकांश देशमा छ। संक्रमण फैलिन नदिन देशभर केही जिल्लामा लकडाउन खुकुल्लो भएको छ।अस्पतालहरुमा हाल बिरामीहरुको चापबढेको छ। दुई हप्ताका लागि सरकारले नियमित स्वास्थ्य जाचँ र शल्यक्रिया नगर्ने निर्देशन दिए पनि अस्पतालमा रगतको आवश्यकता रहेको पाइको छ। उक्त अभालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएकाे हाे ।

महामारीका समयमा रगतको अभाव नहोस् भन्ने उदेश्यसहित सदस्य परवानीपुर गाउपालिका काे कार्यपालिका सदस्य सन्जु साहको अध्यक्षतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान गरि शुभारम्भ गरेको रक्तदानमा ५ महिला सहित ७९ जनाले रक्तदान स्वच्च वातावरण श्रृजना अभियान नेपाल बिरगंज – १८, भवानिपुर माहा – सचिब अनिल कुमार साहले जानकारी दिए ।
कोरोना भाईरसको संक्रमणलाई न्युन राख्न लागि सामाजिक दुरी कायम गरि आवश्यक सुुरक्षा सावधानी अपनाउनका लागि पनि आम नागरिकहरुलाई आग्रह गरेको परवानीपुर गाउँपालिका कार्यपालिका सदस्य सन्जु साहले बताए ।
कार्यक्रममा सदस्य सन्जु साह, प्रमुख अतिथि भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल, बिशिष्ठ अतिथि नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह, क्षेत्रीय सभापति सिताराम प्रसाद गुप्ता, अथिति रामबेलास साह कानु, प्रसौनी गाँउपालिका वडा नं. ३ बैजु गुप्ता, मिश्री महतो, ओमजी गुप्ता, राहुल गुप्ता, रंन्जित प्रसाद साह, सरोज साह, रबि बर्णवाला लगायतको उपस्थिति रहेको थियो।





