प्रदेश १ मा दुई हजार १ सय बेड थप्न सीसीएमसीलाई सिफारिस
काठमाडौं, प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि २ हजार १ सय बेड थप्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेशभरिकै ठूला अस्पतालहरुमा बेड थप्ने गरी सिफारिस गरिएको हो । सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले तत्काल ठूला अस्पतालमा बेड विस्तारका लागि सीसीएमसीलाई सिफारिस निर्णय गरेको हो ।
उनले निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पिसिसिएमसीले प्रस्ताव केन्द्र समक्ष पठाउने निर्णय गरेको बताइन् ।
उक्त बैठकले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, नोवल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर वी.एण्ड सी. अस्पताल, बिर्तामोडमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टी स्पेसियालिटिज अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पि.सी.सी.एम.सी.बाट सीसीएमसी समक्ष प्रस्ताव पठाएको पनि उनले बताइन् ।
प्रतिकृया दिनुहोस्