May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

प्रदेश–१ को आर्थिक मामिला मन्त्रीमा आङ्बुहाङद्वारा पुनः शपथग्रहण

काठमाडौं, प्रदेश–१ को आर्थिक मामिला तथा योजनामन्त्री पदमा पुनर्नियुक्ति पाएका टंक आङ्बुहाङ “लिम्बू” ले शपथग्रहण गरेका छन् ।


शुक्रबार साँझ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले विराटनगरमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित लिम्बू एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दै सांसदबाट बर्खास्त गरेको थियो । त्योसँगै उनी मन्त्रीबाट पनि पदमुक्त थियो ।

तर मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १७० उपधारा (१) बमोजिम उनलाई मन्त्री पदमा पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअिघ उनले गत चैत १३ गते सोही पदको शपथग्रहण गरेका थिए ।