May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

आज बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्ता पक्ष अवरुद्ध गर्ने तयारीमा

  • 2
    Shares

काठमाडौं, धेरै पटक अवरुद्ध हुँदै आएको प्रदेश १ को प्रदेशसभा बैठक आज बोलाइएको छ । प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको हो । तर आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आजको बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ ।

तर, सत्तारुढ ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन् । ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताएका छन् ।

यस अघि माघ २५ गतेको बैठक पनि ओली समूहका सांसदले अवरुद्ध गरेका थिए । ओली समूहका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको