January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

प्रदेश १ को सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने 

  • 1
    Share

मोरङ, प्रदेश नं १ को सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो ।

विगतमा गाविस एवं नगरपालिकाका प्रमुखसहित जिल्ला परिषद् सञ्चालनका लागि बनाइएको सो हलमा प्रदेशसभाको सभा सञ्चालन गर्दा निकै समस्या बेहोरिरहेको सचिवालय नयाँ भवन निर्माणमा जुटेको छ ।

पहिलो प्रदेशसभाको बैठकदेखि छैटौँ प्रदेशसभाको बैठक सम्पन्न गरिएको सो हलमा सातौँअर्थात हिउँदे अधिवेशन नयाँ हलमा सञ्चालन गर्ने गरी नयाँ भवनको गएको असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थियो ।

अहिले सो हलको निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ ।

निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण भइरहेको छ । हल करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताउनुभएको थियो भने वर्तमान राजनीतिक घटनााक्रमले प्रदेशको राजनीतिमा आएको उतारचढावले गर्दा सातौँ तथा हिउँदे अधिवेशन माघ ७ गते हुने प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट आह्वान भइसकेकोले तत्काल साविककै हलमा सभा सञ्चालन हुने अवस्था देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको