April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा डढेलो

ताप्लेजुङ, प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा डढेलो लागेको छ । फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय राजेन्द्र महतका अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए ।

अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् । पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो।

शीर्ष समाचार

धेरै पढिएको