April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री राई

मोरङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप १०० श्ययाको कोभिड अस्पतालको आज उद्घाटन गर्दै उनले कोरोनाको उपचारको काममा निजी अस्पतालले नागरिकको घरवाससमेत उठाएकाले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताएका हुन् ।

मुख्यमन्त्री राईले कोराना सङ्क्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलब्ध नहुँदा अकालमै ज्यान गुमाउनु परेकामा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले संविधान निर्माण एवं सङ्घीयतामा निजी क्षेत्र राष्ट्रको एउटा खम्बा भएकाले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण नवनिर्माण भएको कोभिड अस्पतालको सफल प्रयोग भएको बताए ।

उनले कोरोना महामारीबाट नागरिकको उपचारका सम्बन्धमा समाजमा रहेको विभेद् अन्त्य गरेको उल्लख गर्दै अस्पताल निर्माणमा राजनीतिक स्वार्थबिना सबै पार्टी, नागरिक समाज आपसमा मिलेर अस्पतालमा तयार गरेको विचार व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको