February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

विदेशबाट फर्किंदा महिलाको हकमा ५० ग्राम र पुरुषले २५ ग्राम सुन ल्याउन पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको हो ।सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै, पुरुषको हकमा भने २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ ।

यसबाहेक, एकजना यात्रु (महिला/पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको