थप ३५० जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन ७

काठमाडौं,गएको २४ घण्टामा नेपालमा ३५० जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ९६ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १९८ जना र एन्टीजेन परिक्षण विधीबाट १५२ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । थप १२७२ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.४ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९१७ जना पुगेका छन् ।
प्रतिकृया दिनुहोस्