May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

आजको राशिफल: कस्तो रहनेछ तपाइँको दिन?

काठमाडौं, श्री शाके १९४६ । बि स २०८१ साल भदौ २७ गते बिहीबार । इश्वी सन २०२४ सेप्टेम्बर १२ तारीख ।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
साथीभाइसँग रमाइलाे भेट हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। व्यवसायमा साेचेकाे फाइदा नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रो

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। प्रयत्न गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ।

शीर्ष समाचार

धेरै पढिएको