August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

हेर्नुहोस तपाईंको आजको राशिफल

काठमाडौं, आज मिति २०७७ चैत १५ गते आइतबार, इस्वीसंवत मार्च २८ तारिक सन् २०२१ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर १९ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आज भने समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज भने समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

धनु : धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आज भने समय राम्रा छैनन । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको