March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

हेर्नुहोस तपाइँको आजको राशिफल

काठमाडौं, आज मिति २०७७ चैत ६ गते शुक्रबार, इस्वीसंवत मार्च १९ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार फाल्गुन शुक्लपक्ष चलिरहेको छ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १२ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर १४ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ ।
 

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ ।

सिंह : आज सिंहका लागि आज आम्दानीमा कुनै कमि हुनेवाला छैन । स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नया“ मित्र भेट, नयाँ कार्यको थालनी हुनेछ भने आज पश्चिम दिशाको यात्रामा कुनै पनि काम बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आ“टेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ आज सकभर पूर्व यात्रा नगर्नु नै राम्रो, यदि गर्नैपर्ने भएमा धार्मिक उपाय अपनाएर मात्र गर्नुहोला । पानीबाट विशेष सतर्क हुनुहोला ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय एवं विदेश विभाग सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । पूर्व दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।