
काठमाडौं, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार
हाल विश्वभर डिप्रेशनको बिरामी ३ करोड रहेको छ । नेपालमा भने यस बिरामीको संख्यासम्बन्धि यकिन सरकारी तथ्यांक छैन ।
तर पनि चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको चिकित्सकले बताएका छन् । डिप्रेसन कम कडा खालको मानसिक रोग हो ।
‘डिप्रेसन कडा मानसिक रोग नभए पनि समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनका रोगीले आत्महत्या समेत गर्न सक्छन् ।
डिप्रेशनबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय
१) दैनिक कार्यमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।
२) आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ ।
३) मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन ।
४) मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
५) सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
६) निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ ।
७) कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ । एजेन्सी






