January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

के शिवलिङ्गको अर्थ गुप्तांग हो ?

  • 15
    Shares

काठमाडौं, शिवलिङ्गलाई पार्थिव लिङ्ग अर्थात शिव लिङ्गम पनि भनिन्छ । जुन हिन्दु देवता शिवको मुर्ति हो । यो प्रायः शिव मन्दिरहरुमा स्वभाविक रुपमा स्थापित हुन्छ ।

शिवलिङ्गलाई लिएर अनेकौं भ्रम सिर्जना गरिएका छन् । अझ पश्चिमाको प्रभाव परेकाहरुले यसलाई गुप्तांगसँग जोडेरसमेत ब्याख्या गर्दछन् ।

पश्चिमा संस्कृतिबाट प्रभावित विद्वानहरु हिन्दु नै भए पनि आफूलाई अब्बल देखाउन शिवलिङ्गलाई गुप्तांगसँग जोड्दै यसको पूजा गर्नु नै घृणित मान्दछन् ।

यसको एउटा उद्देश्य चलिआएको धर्म र आस्था मास्नु वा आफ्नो संस्कारतर्फ आकर्षित गर्नु नै हो । आज हामी तपाइँमाझ वर्षौंदेखि चलिआएको यस विषयको वास्तविकता के हो भन्ने जानकारी गराउने प्रयास गर्नेछौं ।

लिङ्गको अर्थ प्रतिक या चिन्ह भन्ने हुन्छ । उदाहरणका लागि स्त्रीलिङ्ग, पुलिङ्ग वा शिवलिङग । यहाँ स्त्रीलिंङको अर्थ स्त्रीको प्रतिक र पुलिङ्गको अर्थ पुरुषको प्रतिक भन्ने हुन्छ । त्यसैतै शिवलिङ्गको अर्थ पनि शिवको प्रतिक भन्ने नै हुन्छ । लिङ्गको तात्पर्य कुनै पनि योनीसँग हुँदैन । तर, केहीले आफूलाई अब्बल विद्वान घोषित गर्नका लागि यसको अपव्याख्या गरिएको पाइन्छ ।

शिवलिङ्गको अर्थ यसप्रकार छ
शूल्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतिक भएका कारण नै यसलाई लिङ्ग भनिएको हो । स्कन्द पुराणमा आकाश स्वयम्लाई नै लिङ्ग भनिएको छ ।

शिवलिङ्ग वातावरणसहित घुमिरहेको धर्ती तथा सारा अनन्त ब्रह्माण्ड (किनकी ब्रह्माण्ड गतिमान ५)को धूरी मानिएको छ ।

शिवलिङ्गको अर्थ अनन्त पनि हुन्छ जसको न कुनै अन्त्य न कुनै शुरुवात भन्ने हुन्छ । ब्रह्माण्डमा केवल दुई वस्तु मात्र छन् । एक ऊर्जा र अर्को पदार्थ । हाम्रो शरीर पनि पदार्थबाट निर्मित हो र आत्मा ऊर्जा हो ।

यसैप्रकार शिव पदार्थ र शक्ति ऊर्जाको प्रतिक बनेर शिवलिङ्गको रुपमा अवस्थित हुन्छन् । ब्रह्माण्डमा उपस्थित समस्त ठोस तथा ऊर्जा शिवलिङ्गमै निहीन हुन्छ । वास्तवमा शिवलिङ्ग नै हाम्रो ब्रह्माण्डको आकृति हो ।

शीर्ष समाचार

धेरै पढिएको