
काठमाडौं, नायिका श्वेता खड्काले आफ्ना प्रेमी विजयेन्द्र सिंह रावतंग मंसिर २२ गते विवाह गर्ने भएकी छन् । पछिल्लो केहि समयदेखि धनगढीका सिंहसंग नायिका खड्का प्रेम सम्बन्धमा रहेकी थिइन् ।
बिहेका लागि नजिकका आफन्त र साथीभाईलाई निम्तो कार्ड समेत बाँडिएको छ । बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने तय भएको छ । गत दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसंग लगाउन चितवन आएकी थिइन् ।
त्यसपछि विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध सार्वजनिक भएको थियो । धनगढी घर भएका विजयेन्द्र सिंह रावत चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालक हुन् ।






