
हामी हरेकको जीवनको निश्चित अर्थ हुन्छ। जसरी श्रीकृष्ण जगत्मा व्याप्त अन्धकार, अन्याय र अत्याचार निर्मूल गर्न जन्मनुभएको थियो, हामी पनि जीवनमा सेवा, सत्कर्म र आनन्दको प्राप्तिका लागि जन्मिएका हौँ। खानु, पिउनु, सुत्नु र मोजमस्ती गर्नुमात्रै जीवन अवश्य होइन होला। श्रीकृष्णलाई अनेक अप्ठ्यारा आए, तर उहाँ कहिल्यै दुःखी, चिन्तित र निरास हुनुभएन।
तर, हाम्रो जीवनको त्यो ‘मिसन’मा अघि बढ्दा थुप्रै दुःख र तनाव आउँछन्। त्यस्तो बेलामा दुःखी, निराश र हतास भएर बस्ने होइन; खुसी हुने हो, रमाउने हो। श्रीकृष्णको जीवन अचम्मको छ। उहाँ राजा पनि हुनुभयो, तर गोठालो भएर पनि जीवन गुजार्नुभयो। बाल्यावस्थामा उहाँले गरेका लीला कति रसिला ती लीलाहरूको अर्थ नै हाँस्नु र हँसाउनु हो। कहिले दही चोरेको छ, कहिले दूध चोरेको छ त कहिले नुहाउँदै गरेका स्त्रीहरूको कपडा लुकाउने काम गरेको छ। हेर्दा सामान्य लाग्छ, तर त्यसले दिन खोजेको सन्देश गम्भीर छ। जीवनमा त्यसरी खुसी नहुने हो भने, नहाँस्ने हो भने र हलुका नहुने हो भने त्यत्रा अप्ठ्यारा र सङ्घर्षका धारिला क्षणलाई कसरी झेल्न सकिन्छ ? र त्यसैले कुनै पनि क्षण गम्भीर हुने होइन, बरु अत्यन्त हलुका, सरल र लीलापूर्ण हुने हो। गम्भीर हुने बेलामा होऔंला, तर हाँस्ने बेलामा हाँस्ने हो, हँसाउने हो, खुसी हुने हो, खुसी बनाउने हो।
कर्म गर, फलको आशा नगर मानिसले चाहे जे गरोस्, यदि काम गर्दैन भने उसको जीवन निरर्थक हुन्छ । जो कर्मशील छ, उसले अवश्य पाउँछ । कर्महीनलाई कसैले केही दिँदैन । अर्जुन युद्धको कामबाट पछि हट्न खोजिरहँदा उहाँले यही भन्नुभएको छ, ‘साथी ! हेर, काम नगरी हुँदैन । यदि कोही पनि यहाँ काम नगरी बस्ने हो भने के होला ? वर्णशङ्कर पैदा हुन्छन् । मानिसको एक क्षण पनि कर्मले खाली छैन। हाम्रो कीर्ति, प्रसिद्धि, प्रतिष्ठा पनि यही कर्मसित जोडिएको छ। अकर्मण्य जीवन दुःखदायी हुन्छ !
गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चिन्ता नगर ।
जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दुखी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौ, त्यो पनि निष्काम भावले ।
के छ त गीतामा ?
१. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ । जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं ।
२. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा । अर्थात हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ ।
३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।
४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।
५. सधै शंका उपशंका गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।
६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन सत्रु बराबर हो ।
७. जो व्यक्ति गुनासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन ।
८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।
९. यस जीवनमा कुनैपनि कुरा व्यर्थ हुन्छ ।
१०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपी त्यसकालागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।
११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन ।
१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।
१३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।
१४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् ।
१५. कर्मयोग एक ठूलो रहस्य हो ।
१६. जब व्यक्तिले आफ्नो कामा आनन्द लिन्छन्, तब उनि पूर्ण ठहरिन्छ ।
गीताको बारेमा केहि तथ्य:
यो विश्वकै महान ग्रन्थमा एक हो ।
गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ ।
गीताको पृष्टभूमी महाभारतको युद्ध हो ।
श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो ।
यदा यदाही धर्मस्य, ग्लानीर्भवती भारत।।।
अभ्युत्थानमधर्मस्य तदात्मानंसृजाम्यहम
परित्राणाय साधुनां विनासाय चतुश्कृताम्
धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे।”
गीतामा उनको पवित्र वाणी पढ्दा नै उनी ईश्वर हुन् भन्ने अनुभूति हुन्छ। उनीसित रहेको यस्तो विद्वत्ता सामान्य मनुष्यमा हुँदैन। हिजोआज सर्सर्ति गीता पढेर यसबारे व्याख्या गर्नेहरूको अधिकता छ। तर यसलाई तहसम्म बुझ्न केही पूर्वीय दर्शन पढेर मात्र पुग्दैन, यसको तहैसम्म बुझ्नैपर्ने हुन्छ। त्यसमा पनि सांख्य दर्शन अर्थात् ज्ञान दर्शनका धरातलसम्म बुझ्न पनि कठिन छ।
सांख्य, भक्ति, कर्म, बुद्धि, वेदान्त र चार्वाक दर्शनहरू अध्ययन नगर्ने हो भने गहिराइमा गएर श्रीमद्भागवत् गीता बुझ्छु भन्नु त ६ महिनाको बालकले पौडेर समुद्र पार गर्छु भन्नुजस्तै हुन्छ ।







