
बिदेशमा राेजगार गुमाएका ,गम्भीर स्वास्थ समस्या परेका, प्रवेश अाज्ञाकाे म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनकाे लागि अावश्यक रकमकाे सरकारले व्यवस्था गरेकाे छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा बिदेशमा विभिन्न खाले समस्यामा रहेका नेपालीको लागि स्वदेश फर्काउन अावश्यक बजेट विनियोजन गरिने बताएका हुन् ।






