
आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले काेराेना नियन्त्रणका लागि औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको बताएका छन् । स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बिमा गर्ने पनि जानकारी दिएका हुन। स्वास्थ्य बिमामा ७ अर्ब ५० करोड विनियोजन भएको छ भने सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ ।
मन्त्री खतिवडाले काठमाडौं उपत्यकामा ३ सय शय्याको सरुवारोग अस्पताल निर्माण गर्ने पनि बताएका छन् । सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गरिने छ । त्यस्तै, सबै स्वास्थ्यसंस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने छ ।






