October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरु उराठलाग्दो नभई उत्साहजनक छ: प्रम ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशबासीमा शुभकामना व्यक्त गरेका छन् । टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका हुन् ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको जीवनरक्षा पहिला भनेर हरसम्भव प्रयास गरिएको उल्लेख गरे । उनले जनतालाई सचेत बनाउँदै जीवनरक्षाका लागि छिमेकी मुलुकभन्दा पहिला नियन्त्रण, रोकथाम र उपचारका लागि काम गरिएको जानकारी दिएका छन ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उराठलाग्दो नभएको बताउँदै बरु उत्साहजनक रहेको उल्लेख गरेका छन् ।

कोरोना महामारीको अवस्था नआएको भए ठूला आयोजनाहरु पूरा हुनेक्रममा हुने थिए भन्दै प्रधानमन्त्री ओलीले तर पनि विकास आयोजनाका कामहरुलाई निरन्तरता दिइएको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको