October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

संविधान दिवसमा सन्दुक रुइतसहित ५ सय ९४ लाई मानपदवी, अलंकार र पदक (सूचीसहित)

काठमाडौं, सरकारले पाँचौ संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेको छ ।

गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

गृहका अनुसार सबैभन्दा पहिलो नम्बरमा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)बाट चिकित्सक डा. सन्दुक रुइतलाई विभूषित गरिने भएको छ । यसैगरी सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मानित गरिएको छ ।

यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धिनारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको