October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

संविधान गतिशील दस्तावेज- प्रम केपी शर्मा ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता एवं औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने गतिशील दस्तावेज भएको बताएका छन् । उनले स्थिरता र स्थायित्वका नाममा संविधान गतिहीन र परिवर्तन गर्न नसकिने विषय नभएको स्पष्ट पारेका हुन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित ‘अ ट्रिटिज अन दी कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक सार्वजनिक गर्दै उनले यस्तो धारणा व्यक्त गरेका छन् । उनले भने, “देश र जनताका आवश्यकताका लागि औचित्यका आधारमा संशोधन र परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर तर बिनाबहकाव तयार पनि हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले संविधानलाई कार्यान्वयन हुन नदिने र असफल पार्ने प्रयासहरू जानेर, नजानेर वा योजनाबद्ध रूपमा भए–गरेका तर तिनलाई नेपाली जनताले पराजित गर्दै आएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको सचेतना हाम्रो सबैभन्दा ठूलो तागत हो, कि जनताको सचेतना संविधान निर्माणको महाअभियानमा सरिक भयो ।”

शीर्ष समाचार

धेरै पढिएको