October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

सभामुख अग्निप्रसाद सापकोटाद्वारा संविधान दिवसको शुभकामना

file photo

काठमाडौं, संविधान दिवस, २०७७ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन । संविधान सभामार्फत् संविधान जारी भई लागू भएको पाँच बर्ष पूरा भएको छ । विभिन्न सशस्त्र संघर्ष र जनआन्दोलनहरुको परिणामस्वरुप गठन भएको संविधान सभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो ।

उनले भने “संविधान दिवसको अवसरमा म महान जनयुद्ध, १९ दिने जनआन्दोलन एवम् विभिन्न संघर्षका क्रममा जीवन आहूति दिनु भएका सम्पूर्ण महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपाङ्ग हुनुभएका एवम् तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानी भावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । उहाँहरुको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवम् बलिदानीपूर्ण संघर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको हो । यो संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताहरुको संघर्ष र महान सहिदहरुका बलिदानको प्रतिफल हो । यस अवसरमा संविधान निर्माण प्रक्रियामा सामेल हुनुभएका महानुभावहरुको योगदानकोे स्मरण गर्दै सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्दछु ।”

शीर्ष समाचार

धेरै पढिएको