October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न माग, स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं, चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको बिशेष टोली हाल सत्याग्रह स्थलमा पुगेको छ ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । चिकित्सकका अनुसार डा.केसीको शरीरमा अक्सिजन र पिसाबको मात्रा घट्दै गएको हो । यसअघिका सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ नाजुक बन्दै गएको चिकित्सकहरूले बताएको साझा पार्टीले जनाएको छ ।

उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नु पर्ने साझापार्टीले माग गरेको छ । ‘तसर्थ, डा केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाका बारे हामी सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ साझा पार्टीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको