October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

असोज ५ गतेबाट पुर्ण क्षमतामा आन्तरिक उडान हुने

काठमाडौं, असोज ५ गतेदेखि वायु सेवा कम्पनीहरुले पुर्ण क्षमतामा आन्तरिक उडान सुचारु गर्ने भएको छ ।

वायु सेवा सञ्चालकहरुले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने अडान लिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पुर्ण क्षमतामा आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञापछि विभिन्न क्षेत्र खुल्न थालेपछि मन्त्रालयले शुक्रबार शतप्रतिशत क्षमतामै उडान गर्ने निर्णय गरेको हो ।

आन्तरिक उडानका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी नै अनिवार्य हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने प्रावधान बनाएको छ । प्रत्येक वायुसेवा कम्पनीको स्वास्थ्य सुरक्षा अवलम्बन पालनाको नियमित अनुगमन प्राधिकरणले गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको