
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित प्रस ब्रिफिङमा जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ थियो ।
बिहिबार ५० हजार कटेकाे छ पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ ।
हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३१७ पुगेकाे छ । जसमध्ये आज ५ जनाकाे मृत्यु भएको हाे ।







