November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

घर जान पाउनुपर्ने माग राख्दै काेरियाकाे नेपाली दुतावासमा धर्ना

दक्षिण कोरियामा भिसा अबधि समाप्त भै स्वदेश फर्किन नपाएका नेपालीले सियोल स्थित नेपाली दुतावासमा धर्ना दिएका छन् l आइतबार दूतावास पुगेर उनीहरुले कार्यबाहक राजदूत रामसिंह थापा तथा श्रम कन्सुलर डिल्लीराम बास्तोलालाई भेटेर बिषेश ध्यानाकर्षण गराएका हुन् ।

अलपत्र परेका मध्येका सुवास ढकालको नेतृत्वमा गएको टोलीले आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि आफ्ना माग राखेका थिए । राजदूत थापाले नेपाल सरकारले कुनै निर्णय नगरी अहिले पहल गर्न नसक्ने बताएका थिए । ढकालका अनुसार उनीहरुले १ घन्टा धर्नासहित तत्काल नेपाल जान पाउँ भनेर माग राखेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको