
काठमाडौँ, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ । उपत्यकामा हाल जारी गरिएको निषेधाज्ञा भदौ २४ गतेसम्म कायम छ ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेशको नाका पूर्ण रूपमा ठप्प पार्न असम्भव भए पनि व्यवस्थित बनाउनुपर्ने बताए। उनले नाका ठप्प पारिए उपत्यकामा दैनिकी कष्टकर
हुनेसमेत बताएका छन ।
दाहालले नाका व्यवस्थापनमा सेना परिचालनको माग पनि गरे । नेपाल प्रहरीको अन्य पनि धेरै जिम्मेवारी रहेकाले नाका व्यवस्थापनको जिम्मेवारी सेनालाई दिन उनले आग्रह गरेका छन । दाहालले भने ‘‘शान्तिसुरक्षा कायमका अन्य धेरै जिम्मेवारी पनि प्रहरीमाथि नै छ । धेरैतिर दायित्व जोडिएकाले नाका व्यवस्थापन सेनालाई दिऔँ ।’’ ढुवानीका सवारीमार्फत समेत उपत्यका प्रवेशको क्रम नरोकिएको दाहालको भनाइ छ । दाहालले प्रत्येक दिन दुई हजार व्यक्ति उपत्यका प्रवेश गराउनुपर्ने बाध्यता रहेको यथार्थ सुनाए । सभार गोरखापत्र







