
बारा, बारामा कोरोना बिरुद्ध अग्रपंक्तिमा खटिएका २९ जना सशस्त्र प्रहरी, १९ जना नेपाल प्रहरी चार जना युनुवा र ११ जना अन्य गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
उनीहरु सबैको आज रिपोर्ट आएको बारामा स्वास्थ्य कार्यलयका प्रमुख राम नरेश यादवले जानकारी दिए । बारामा पनि लगातार कोरोना संक्रमित बढीरहेका छन्। पतलैयामा रहेको पोष्टका सशस्त्र प्रहरी र सिमरा प्रहरी चौकी र त्यहीका युनुवामा संक्रमण देखिएको छ। लगातार सुरक्षाकर्मी देशभर संक्रमित हुने क्रम बढीरहेको छ।







