
ललितपुर, ललितपुर पुल्चोकमा गत बिहिवार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ परेको छ ।
पक्राउ पर्ने ती व्यक्ति ललितपुर-१३ कुसुन्तिका ४३ वर्षिया संजय शाक्य हुन । भिडमा ढुङ्गामुडा गर्ने, उपस्थित भिडलाई थप उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घाँटी रेटिदिन्छु भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई खोजतलासका क्रममा आज ललितपुर, कुसुन्तिबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त व्यक्तिलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।







