
काठमाडौँ, कृषि सामाग्री कम्पनीले तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनीको ठेक्का रद्द गरेको छ ।
कम्पनीको आइतबार बसेको वैठकले शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजसँगको ठेक्का रद्द गर्दै यी दुई कम्पनीले राखेको करिब साढे ९ करोड रुपैयाँको बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो ।
दुवै कम्पनीबाट क्षतिपूर्ति लिने र कालोसूचीमा राख्ने प्रक्रिया पनि सुरु गरिएको आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिएका छन । उनका अनुसार मल आयातका लागि नयाँ प्रकृया अब सुरु हुनेछ ।







