
काठमाडौं, सरकारले कोरोना भाइरसबारे भ्रम छर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनालाई उब्जाइएको समस्या भन्दै भ्रम छर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन ।
‘अहिलेसम्म कोरोनाको औषधि र भ्याक्सिन पत्ता लागेको छैन । कतिपयले सामाजिक सञ्जालमा यो उब्जाइएको समस्या हो भनेर बोलिरहनुभएको छ, त्यस्ता व्यक्तिलाई कानुनअनुसार कारबाही हुनेसमेत जानकारी गराउँदछु,’ उहाँले भन्नुभयो, ‘बिना आधार बिना, बिना तथ्य विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको आधिकारिक जानकारी बिना भ्रम नछर्न अनुरोध गर्दछौं ।’
मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले वीर अस्पतालाई कोभिड अस्पताल बनाउँदै त्यहाँ भइरहेका सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।







