December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

थप ९ सय ८० जनामा कोरोना पुष्टि, १ हजार ८१४ जना कोरोनामुक्त

काठमाडौं, आइतबार नेपालमा थप ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ । आजको पिसीआर टेस्ट १० हजार ३८२ रहेकोे छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १ हजार ८१४ जना डिस्चार्ज भएका छन भने हालसम्म किरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ९४१ पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमण्बाट २ महिला र ७ पुरुष गरि ९ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको